समाचार

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रत्यक्षबाट माओवाद केन्द्रका युवा तथा प्रभवशाली नेता चिन्तामणी आचार्य सिफारिस

२९ भाद्र २०७९, बुधबार ०४:३८
बर्दिया निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रत्यक्षबाट माओवाद केन्द्रका युवा तथा प्रभवशाली नेता चिन्तामणी आचार्य सिफारिस

२९ भदौ, बर्दिया । बर्दिया निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका लागि माओवाद केन्द्रले युवा तथा प्रभवशाली नेता चिन्तामणी आचार्य सिफारिस गरेको छ।

जिल्ला समन्वय समितिले उनको नाम सर्वसहमति चयन गरेको छ । जनताका आशा र भरोसा, विकासप्रेमीको नजरमा आचार्यलाई हेर्ने गरिन्छ । उनी लुम्बिनीको हजारौंको भिडमा पनि दु:खि, गरिव असाहय, अपांगता, जेष्ठ नागरिकको विषयमा बोल्ने एकमात्र युवा नेता हुन् । आचार्य पुर्व वडा अध्यक्षसमेत हुन ।

No description available.

जनप्रतिनिधि भएर राजापुर बासिको मन जितिसकेका नेता आचार्य अहिले प्रदेश सभा तर्फबाट उम्मेदवार बनेर बर्दिया बासिको आवज, गुनासो र यहाँको समस्यको नेतृत्व गर्दै आफुले प्रदेश सभाबाट उम्मेदवारी दिएको नेता आचार्यले बताएका छन् ।

No description available.

नेता आचार्य वडा देखि केन्द्रसम्म राम्रो छवि बनाएका नेता हुन । जुन बेला महामारीका बेला नेता लुकेर बस्थे । त्यसबेला नेता आचार्यले चामल, नुन, लुगा, खाधान्न बस्तु बोकेर जनता को घरदैलोमा घाउदै हिड्थे । आफ्नो परिवार न आफ्नो स्वास्थ्यको पर्वाह नगरी सधौँ जनताको दुख सुखमा रमाउने नेता हुन् ।

No photo description available.

कैयौं जनताको दु:खको बेला घाउको मलाम बनेर त कहिल्य माहामारी कोरोनाको बेला घर घरमा गरीबको घरमा आगो र खाना बनी त कहिल्य असाहय आमाको टेक्ने लौरो त कहिल्य स्कुल पढ्ने विद्यार्थीको किताब कलम र कपि बनेर बर्दिया बासीको सेवाको लागि सधौँ धाइरहने नेता हुन् आचार्य ।

जनता कै लागि नाभोक नतिर्खा र ननिन्द्रा भनेर अहोरात्र खटिने नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्