मनोरञ्जन

नेपाली चलचित्रलाई हल दिएन भनेर बदनाम गर्न खोजियो : भुवन केसी

२८ भाद्र २०७९, मंगलवार १२:१३
नेपाली चलचित्रलाई हल दिएन भनेर बदनाम गर्न खोजियो : भुवन केसी

२९ भदौ, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताए ।

नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ । तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मीहरूले खेलेका सिनेमालाई हुनुपर्छ । बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन साे दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन । विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत पाउनुपर्छ । नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ ।”

कार्यक्रममा चलचित्रकाे नाम सार्वजनिक गर्दै त्यसमा आबद्ध हुने कलाकारको बारेमा जानकारी गराइएको थियो । चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन् भने सामाजिक र प्रेम कथामा अधारित चलचित्रकाे ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्