राजनीति

सिन्धुपाल्चोक-१ माओवादीलाई नछाड्ने कांग्रेसको अडान

२८ भाद्र २०७९, मंगलवार १२:०१
सिन्धुपाल्चोक-१ माओवादीलाई नछाड्ने कांग्रेसको अडान

२९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा गठबन्धनबाट कसले टिकट पाउने भन्नेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तीव्र विवाद हुने देखिएको छ ।

सभामुखसमेत रहेका माओवादी केन्द्रका अग्नि सापकोटाले १ नम्बर क्षेत्रबाट दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले सापकोटाको नाम सिफारिस गरेको छ । तर कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहन बस्नेतको नाम सिफारिस भएको छ । सिन्धुपाल्चोक–१ मा माओवादीलाई मानेर जान नसकिने नेपाली कांग्रेसका बस्नेतले बताए ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा बस्नेत उनै सापकोटासँग पराजित भएका थिए । सापकोटा ४० हजार ५ सय ४ मत ल्याएर विजयी भएका हुन् । बस्नेतले सापकोटाको भन्दा १० हजार ७ सय कम अर्थात २९ हजार ७ सय ९८ मत पाएका थिए । अघिल्लो निर्वाचनमा एमालेले २५ हजार भोट खन्याएकै कारण सापकोटाले जितेको बस्नेतले बताए ।

सिन्धुपाल्चोकका दुई हेभीवेट नेता सापकोटा र बस्नेतको प्रतिष्ठाको लडाईंले आगामी प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा गठबन्धन धरमरको स्थितिमा पुगेको छ । बस्नेतले भने, ‘१ नम्बर क्षेत्रमा माओवादीको जनमत नै छैन । विगतदेखि नै कांग्रेसले एकलौटी निर्वाचन जितिरहेको क्षेत्र हो । अब अहिले आएर सापकोटालाई मान्न सकिँदैन । यो नेकपा हैन नी, अहिले त एमाले एकातिर माओवादी अर्कोतिर छ, समाजवादी अलिअलि छ ।

प्रतिक्रिया दिनुहोस्