समाचार

हिमचुली कृषि सहकारी संस्था १५ बर्षमा प्रवेश

२६ भाद्र २०७९, आईतवार ०४:०४
हिमचुली कृषि सहकारी संस्था १५ बर्षमा प्रवेश

२६ भदौ, कालिकोट ।  कालिकोट जिल्लामा वित्तीय तथा गैरवित्तीय संस्थामा आफ्नो छुटै पहिचान बनाउन सफल संस्थामा हो- हिमचुली कृषि सहकारी संस्थामा । संस्थाले जनतालाई सेवा दिदा दिदै १५ औं बर्ष पार गरेको छ । हिजो संस्थाको वार्षिकोत्सव हो ।

छोटो समयमै सबैको मनमा बस्न सफल संस्था पनि हो । पहिला आईएमइ र वित्तीय संस्थाको सुरुवात गरि थियो । २०६५ साल भदौ २५ गते २५ जना समुदाय मिलेर स्थापना गरिएको थियो । अहिले १५ बर्ष सम्म आइपुग्दा १५ हजार सदस्य  रहेका छन् ।

स्थापना काल देखि नै अहोरात्र खटिए कर्मचारी र संचालकको मेहेनतले गर्दा अहिले संस्था कराडौंको कारोबार गर्ने भएको छ । संस्थाले अहिले  आफ्नै  कराडौंको भवन बनाउनमा पनि सफल भएको छ ।

स्थापनाकाल देखि अहिले सम्म आइपुग्दा बिभिन्न किसिमका बाँधा, अर्चन, दु:ख र कष्टलाई चिर्दै सामना गर्दै संस्था अहिले यहाँसम्म ल्याएको संस्थाका कार्यालय प्रमुख जगेन्द्र आचार्यले बताए ।

हिमचुली कृषि सहकारी संस्थाको इतिहास

तत्कालीन फुकोट गा.बि.सका अध्यक्ष रहेका रास्कोट नगरपालिकाका पुर्व मेयर काशिचन्द्र बरालको अध्यक्षमा सहकारीको स्थापना भएको थियो । २०६५ साल साउन २९ गते साविकको मान्म गाविस बर्दीगाउँका २५ जना सामुदायहरुबीच भेला गरि योगेश्वर पाण्डेको अध्यक्षतामा संस्थाको स्थापना गरिएको थियो । उक्त संस्थाले साविकको कालिकोट ३० वटै गाविसमा वित्तीय तथा गैबित्तीय कारोबारगर्दै घरिएर रहेका पूँजीलाई संकलन गरेर जनतालाई सेवा पुराउने सोचले संस्थाको स्थापना गरिएको हो ।

यसको मुख्य उद्देश्य भएको जिल्लामा रहेको पुँजी जिल्लामा सदुपयोग होस् भनेर खोलिएको हो । सानो सानो पुँजी संस्थामार्फत संकलन गरि फेरी जनताकै हर समस्या त्यहि पुंजी मालाम बन्नको लागि यो संस्थाको स्थापना गरिएको हो ।   साथै गाउँमा सानोतिनो समस्या आउँदा पनि गाउँमै समस्या समाधान होस् भनेर संचालनमा ल्याइएको थियो ।

१५ बर्षकोसम्म आइपुग्दा १३ हजार ६ सय ५१ जना सदस्यहरुमा ३६ करोड २० लाख कर्जा लगानी हुनका साथै १८ करोड बादी बचत संकल गरिएको छ । ४ हजार ६ सय ७० कर्जा लिएर व्यवसाय गर्दै आएको सहकारीमा ५० जनाले प्रत्यक्ष दिएको छ । संस्थाले हाल वित्तीय तथा गैवित्तीय कारोबाका साथै अर्गानिक पसल सुपथ मूल्य पसल, डेरी, एग्रोभेट, अईएमई , सोलार र कृषि उत्पादन तथा बजारीकरण लगायत काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्