मनोरञ्जन

जिग्रीको गीतमा धुर्मुस सुन्तलीको रोमान्स

१५ मंसिर २०७८, बुधबार १५:१८
जिग्रीको गीतमा धुर्मुस सुन्तलीको रोमान्स

काठमाडौं: लामो समय देखि रंगिन दुनियाँबाट टाडा भागेका चर्चित हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली । फेरी रंगिन दुनियाँमा फर्केका छन् ।

उनले फेरी नयाँ म्युजिक भिडियोमा ‘मायलो जीवन सजाऊ’ सार्वजनिक गरेका छन् । उक्त गीतमा कलाकार कुमार कट्टेल ‘जिग्री’ र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छन् ।

यस अघि जिग्रीले ‘मञ्जुरी’ बोलको गीत ल्याएका थिए । दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । फेरी दोस्रो गीत बजारमा ल्याएर आएका छन् ।

धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको जिग्रीले बताए ।

धुर्मुस सुन्तली निकै रोमान्टिक देखिएका छन्  । वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ ।

उक्त गीतमा शब्द संगीत गायक तथा संगीतकार अर्जुन पोखरेलले भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

ह्रेनुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्