समाचार

क्रिकेट कप्तान लामिछाने निलम्बित

२३ भाद्र २०७९, बिहीबार १४:१४
क्रिकेट कप्तान लामिछाने निलम्बित

२३ भदौ, कालिकोट । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न कप्तान र राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । क्यानले विज्ञप्ति जारी गर्दै छानबिनमा सहयोग गर्न सन्दीपलाई निलम्बन गरिएको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत सन्दीपको घटनाबारे चासो देखाएको छ। आईसीसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीबारे चासो लिएको मल्लले बताए।

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो । उजुरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्