राजनीति

माओवादी केन्द्र कालिकोटले संघ र प्रदेशगरि १३ उम्मेदवारको नाम सिफारिस

२२ भाद्र २०७९, बुधबार १३:४४
माओवादी केन्द्र कालिकोटले संघ र प्रदेशगरि १३  उम्मेदवारको नाम सिफारिस

२२ भदौ,कालिकोट। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कालिकोटले संघ र प्रदेशगरि १३ जना उम्मेदवारको नाम सहमति भएको छ ।

भदौ १८ गतेदेखि सुर्खेतको सिटी हलमा सुरु भएको बैठक । उम्मेदवार सिफारिसमा सहमति गर्दै बैठक सम्पन्न भएको हो । आकांक्षी धेरै भएपछि बैठक लम्बिदै गएको थियो ।  १३ जनाको नाम सिफारिस गरे पनि ४ जना उम्मेदवारको नाम अन्तिममा सिफारिस हुने छन्।

कालिकोटमा दुई प्रदेश र एक संघीय गरि जम्मा ३ चुनाब क्षेत्र छन् । जसमा २०७४ सालको चुनाबमा पूर्वमुख्यमन्त्री महेन्द्र व. शाही प्रदेश (ख)बाट चुनाव जितेका थिए भने संघीयबाट दुर्ग व. रावत बिजय भएका थिए ।

तर अहिले संघ प्रत्यक्ष तर्फ पूर्वमुख्यमन्त्री महेन्द्र व. शाही आफै चुनाव लड्ने भएका छन् । पूर्वमुख्यमन्त्री महेन्द्र व. शाहीसहित चार जनाको नाम संघ प्रत्यक्ष तर्फ सहमति भएका छ । शाहीसहित जिल्ला समन्वय समितिका  संयोजक लक्ष्मी प्रसाद चाैलागाई(शैलेन्द्र), रास्कोट नगरपालिका पूर्व मेयर कासी वराल, विष्णु वि .क(विकल्प )को नाम सिफारिस भएको छ।

संघ प्रत्यक्ष तर्फ ४ जनाको नाम 

१) महेन्द्र व. शाही
२) लक्ष्मी प्रसाद चाैलागाई(शैलेन्द्र)
३) विष्णु वि .क(विकल्प )
४) कासी वराल

समानुपातिक संघ
१) गंगा खडका (पिछडिएको )
२) तुलराज वि .क (दलित )
३) मान व. भण्डारी (खस/आर्य)

प्रदेश -(क)
१)दुर्ग व. रावत
प्रदेश -(ख)
१)जीवन वुढा

प्रदेश(क)
१) यसाेदा न्याैपाने
प्रदेश (ख)
१) मिठ्ठु शाही( महिला )
२) हजा सुनार (दलित )
३) भानुभक्त संज्याल (खस/आर्य)

प्रतिक्रिया दिनुहोस्