भिडियो

मौलिकता झल्काउने गीत ‘ढल्की जोबन’

२२ भाद्र २०७९, बुधबार १०:५५
मौलिकता झल्काउने गीत ‘ढल्की जोबन’

कालिकोट । पछिल्लो समय कर्णालीका युवा देउडा र हुड्केली गीतमा आकर्षक देखिएका छन् । देउडा र हुड्केली गीत केहि बर्ष यता हराउदै गएको छ । तर कालिकोटका युवाहरुले हाम्रो खस भाषा हाम्रो पहिचान हो भनेर बचाएर राखेका छन् ।

यी सबै युवाको सरक्षण गायक तथा निर्देशक खगेन्द्र न्यौपानेले गरेका छन् । कर्णालीको वास्तविकता परम्परालाई गीत मार्फत निर्देशक न्यौपानेले चित्रण गरेका छन् ।

कर्णालीको रितिरिवाज, वास्तविकता परम्परा र रतेउलीलाई चित्रण गर्दै गायक दिबेश शाहीले मौलिकता झल्काउने गीत ‘ढल्की जोबन’ बजारमा ल्याएका छन् ।

चर्चित गायक छत्र बहादुर शाही, महेन्द्र शाही (रास्कोटी), दिबेश शाही र गौरी भट्टको स्वर रहेको छ । उक्त गीतमा चार गायक गायिकाको स्वर समावेश गरिएको छ ।

गीतमा चर्चित मोडेल ललित विश्वकर्मा अभिनय रहेको छ । ललितसंगै इब्सल संज्याल हरिश विश्वकर्मा साथै गायक दिबेशले समेत अभियान गरेका छन् । ललित कालिकोटका मात्र नभएर सिंगो कर्णालीका नै तारा भनेर चिने गरेका छन् । छिटो समय मै १५० भन्दा देखि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

गीत कालिकोटको सिंगो परम्परालाई यथार्थ चित्रण गरिएको छ । गाउँमा कसैको घरमा रमाइलो भइरहेको छ । युवा युवती मस्किदै दोहोरि चाहिरहेका छ । बच्चा देखि जेष्ठ नागरिकसम्म सहभागी रहेको छ । युवाले जति गर्दा पनि युवती माया जालमा फस्दैन ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्