राजनीति

कालिकोटका वडा अध्यक्षहरुको ३ दिने अभुमूखिकरण कार्यक्रम सम्पन्न

२२ भाद्र २०७९, बुधबार ०९:५३
कालिकोटका वडा अध्यक्षहरुको ३ दिने अभुमूखिकरण कार्यक्रम सम्पन्न

२२ भदौ, कालिकोट। कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश सुशासन केन्द्रद्वारा कालिकोटका वडा अध्यक्षहरुको ३ दिने अभुमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अस्थी भदौ २० देखि  आज भदौ  २२ गतेसम्म संचालन भएको छ । अभुमूखिकरण कार्यक्रममा जिल्लाका नै वटै स्थानीय तहका सबै वडा अध्यक्षको सहभागी रहेको थियो ।

साथै जिल्लाको मुटुमा रहेको खाँडाचक्र नगरपालिका ४ का अध्यक्ष प्रभानन्द आचार्य, १ का धर्मराज टमटा  ३ का अध्यक्ष ददी पाण्डे, ५ देउराम बि.क ६ का दिनेश शाही ७ का दिपेन्द्र कार्की लगायत अध्यक्षको सहभागिता रहेको थियो ।

स्थानिय सत्ता संचालन कसरी चलाउने, आएको बजेटको सदुपयोग कसरि गर्ने लगायत महत्वपुर्ण प्रशिक्षण बिषयमा कार्यक्रम सम्पन्न वडा अध्यक्ष प्रभानन्द आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्