समाचार

कालिकोटमा डेरी उद्योग फस्टाउदै

२२ भाद्र २०७९, बुधबार १०:०९
कालिकोटमा डेरी उद्योग फस्टाउदै

२२ भदौ, कालिकोट । जिल्लाको सदरमुकाम मान्म स्थित खाँडाचक्र नगरपालिकामा डेरी उद्योग फस्टाउदै । सानो बाजार भए पनि डेरी राम्रो खपत भएको छ । जिल्लामा एक मात्र डेरी रहेको छ । डेरी  हिमचुली कृषि सहकारी संस्थाद्वारा संचालित छ ।

संस्था विगतका बर्षलाई विभिन्न किसिमका चुनैतीलाई सामान्ना गर्दै अहिले कालिकोट ब्राण्ड बनाएको छ । संस्थाले डेरीमात्र नभई कृषक र युवालाई रोजगारी दिदै आएको छ ।

किसानलाई संस्थाले ऋण  दिएको छ । संस्थाले ग्राहकलाई मात्र खुशी होइन । कृषकलाई पनि रोजगार दिएको छ । सयौं गरिब, दुखी, असाय अशक्तको हिमचुली संस्थाले साहारा भएको छ । भैंसी पाल्ने रहर तर आर्थिक आस्थाका कारण पाल्न नसक्नेलाई ऋण दिएको छ । सयौं आमालाई सिपमुलख तालीम समेत संस्थाले दिंदै आएको छ ।

कालिकोटमा गरिब, दुखी, सयौं युवाको ढुक्ढुकी बनेको छ । स्थापना कालमा डेरी संचालक त गरियो तर दुधको अभाव थियो । कसैले बजारमा दुध दिनत के खान पनि मान्दै थिए । जनचेतनाको अभावका कारण भेदभाव, छुवाछूतले दलितले दुध ल्याउन्छ । म खादैन । यस्ता लखौं चुनैतीलाई सामना गर्दै अहिले हामीले कालिकोटमा संस्था र डेरीलाई ब्राण्ड बनाएको संस्थाका कार्यालय प्रमुख जगेन्द्र आचार्यले बताएका छन ।

No photo description available.

हिमचुली कृषि सहकारी संस्थाका कार्यालय प्रमुख :जगेन्द्र आचार्य

साथै अझै ग्राहक फर्केर जाने गरेकोमा हामी माफी माग्न माग्छौं । अझै हामी ग्राहकलाई खुशी बनाउन सकेका छौनौं । अब ग्राहकको चाहना पनि हामी चाडै पुराउने कार्यालय प्रमुख आचार्यले बताएका छन् ।

बजार सानो भयता पनि दुध, दही राम्रो खपत भएको डेरीका प्रमुख तथा संस्थाका व्यवस्थापन जयकृष्ण आचार्यले बताए । साथै आधाभन्दा धेरै ग्राहक नपुगेर फर्केर जाने गरेको समेत डेरीका प्रमुख आचार्यले बताए ।

May be an image of 1 person, standing, sunglasses, tree and sky

हिमचुली कृषि सहकारीका व्यवस्थापन तथा डेरीका प्रमुख तथा संस्थाका व्यवस्थापन जयकृष्ण आचार्य

दूध आएको एक घण्टा पनि डेरीमा नरहेर सबै बिक्री हुने समेत डेरी प्रमुख तथा संस्थाका व्यवस्थापन आचार्यले बताएका छन । हामीले आचार्यसंग एक दिनमा कति जति दुध र दही खपत हुन्छ ? गुणस्तरीय दुध, दही र आधुनिक घिउ लगायत उत्पादन गर्दै आएको छ । एक दिनमा तीन सय लिटर दूध र दुई सय दही खपत हुने गरेको छ । चाडपर्व जस्तै तिजमा दुध छ सय लिटर जान्छ भने दही कम जान्छ ।

दशैं तिहारमा दुध र दही बराबर जान्छ । कार्तिक देखि फागुनसम्म दही भन्दा धेरै दुध जाने गर्छ । किने भने हिउँदमा जाडो हुने भएको कारण चिया खाने भएकाले दुधको माग बढ्ने गरेको डेरीका प्रमुख आचार्यले बताएका छ्न । आफुले धेरै गाली पनि खएको बताएका छन ।

भौगोलिक विकटताका कारण कालिकोटमा एक मात्र डेरी छ । यसको बिरुद्ध अर्को डेरी जिल्लामा ल्याउने आँट कसैको छैन । किन भने संस्थाले धेरै किसनलाई अनुदानमा भैंसी, गाई, खेत लागायतका समान वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्