जीवनशैली

बेलुकाको खाना चाँडै खाँदा यस्ता फाइदाहरु

१५ मंसिर २०७८, बुधबार १५:०५
बेलुकाको खाना चाँडै खाँदा यस्ता फाइदाहरु

काठमाडौं । हामी सबै प्रया बेलकाको खाना ढिलो खाने गर्छौं । तर बेलुका ढिला खाना खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । सकभर बेलुकीको खाना छिटो खानु स्वास्थ्यको दृष्टिले धेरै राम्रो मानिन्छ ।

बेलुका चाडै खानाखाँदा पाचनका लागि बढी समय उपलब्ध हुने हुनाले बिहान उठ्दा ताजा अनुभूति पनि हुन्छ। बेलुकाको खाना चाँडै खाँदा यस्ता फाइदा :

  • बेलुकाको खाना चाडो खाएमा तौल नियन्त्रण हुन्छ ।
  • चाडै खाना खाएमा छाति पोल्ने समस्या हुँदैन ।
  • चाडै खाना खाएमा गहिरो निन्द्रा पर्छ ।
  • चाडै खानाँ खाने बानी भएमा छाला पनि चम्किलो हुन्छ।
  • बेलुका चाडै खाँएमा अधिक उर्जा पाउँन सकिन्छ।
  • चाडै खाना खाने बानी भएमा पेटका बिभिन्न समस्या ठिक हुन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या हुँदैन ।
  • अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन ।
  • अधिक उर्जा पाउँन सकिन्छ। बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्