खेलकुद

सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी

२२ भाद्र २०७९, बुधबार ०२:०६
सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी

२२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ।

काठमाडौंको एक कलेजमा अध्ययनरत १५ वर्षीया किशोरीले गौशला प्रहरी वृत्तमा उजुरी दिएकी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी रविन्द्र धानुकले जानकारी दिए।

मंगलबार साँझ परेको जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । तर, प्रहरी अधिकारीहरूले औपचारिक रूपमा यसबारे बोल्न चाहेका छैनन् ।

लामिछानेले गत भदौ ५ गते उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख रहेको बताइएको छ। सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा छन्। पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए। टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन्।

प्रतिक्रिया दिनुहोस्