समाचार

शुभकालिका १ का वडाध्यक्ष स्वतन्त्र उम्मेदवार सुनार माओवादीमा प्रवेश, पुर्वमुख्यमन्त्री शाहीद्वारा स्वागत

१७ भाद्र २०७९, शुक्रबार ०६:५९
शुभकालिका १ का वडाध्यक्ष स्वतन्त्र उम्मेदवार सुनार माओवादीमा प्रवेश, पुर्वमुख्यमन्त्री शाहीद्वारा स्वागत

१७भदौ, कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर १ का १ का वडाध्यक्ष स्वतन्त्र उम्मेदवार अर्जुन सुनार नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् ।

May be an image of 6 people, people sitting, people standing and indoor

बुधबार सुर्खेतमा आयोजित कार्यक्रममा सुनारले माओवादीमा प्रवेश गरेका हुन् । उनलाई कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्रि तथा माओवादी केन्द्रका केन्दीय सदस्य महेन्द्र बहादुर शाही, संसद तथा माओवादी केन्द्रका केन्दीय सदस्य दुर्ग बहादुर रावत, माओवादी केन्द्रका केन्दीय सदस्य यसुदा न्यौपाने, कालिकोट जिल्ला समन्वय समितिका संयोजक तथा कर्णाली प्रदेशका केन्दीय सदस्य लक्ष्मी प्रसाद चौलागाई (शैलेन्द्र), खाँडाचक्र नगरपालिका तथा कर्णाली प्रदेशका केन्दीय सदस्य गणेश बहादुर शाही(आकाश) र शुभकालिकाका अध्यक्ष गोबिन्द आचार्य (अनिल) लगायत अन्य नेताहरुले उनलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा सुनारले भने ‘देश परिवर्तन गर्ने, जनताको जनाधिकारको कदर गर्ने हालमा रहेका पार्टी मध्य माओवादी नै देखेर आफुले माओवादीमा पार्टीमा प्रवेश गरेको सुनारले बताएका छन् ।

सुनार २०७९ सालको स्थानीय चुनाबमा तेस्रो भएका थिए ।  २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्रबाट धेरै युवा निर्वाचित भएका छन् । यसै अघि सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश के.सीलाई काठमाडौं बोलाएर माओवादी केन्द्रका अध्यक्ष पुस्कमल दाहाल प्रचण्डले नै पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्