राजनीति

कैलाली-५ बाट पुष्करनाथ ब्याक , आरजुकाे एकल नाम सिफारिस

१६ भाद्र २०७९, बिहीबार ०५:०६
कैलाली-५ बाट पुष्करनाथ ब्याक , आरजुकाे एकल नाम सिफारिस

१६ भदौ, कैलाली । पुस्करनाथ ओझा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनावी नलड्ने भएका छन्।  कांग्रेसकी नेतृ आरजु राणालाई यसपटक ओझाले सहयोग गर्ने सहमतिका सथा उनले चुनावी नलड्ने घोषणा गरेका छन्  ।

अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित कांग्रेस नेतृ आरजु राणालाई यसपटक पनि कैलाली–५ बाट उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गर्ने तयारी गरिएको छ ।

बुधबार दिउँसाे साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझासँग कांग्रेस नेताहरूले उनकै निवासमा पुगेर छलफल गरेका थिए । ओझाले पार्टीले आफूमाथिकाे कारबाही फुकुवा गरी टिकट दिएमा कांग्रेसबाटै चुनाव लड्ने अन्यथा अरु विकल्पमा जाने अडान उक्त छलफलमा राखेका थिए ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले राणालाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत एकल नाम सिफारिस गर्न क्षेत्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

अघिल्लो निर्वाचनमा राणा तत्कालीन वाम गठबन्धनका उम्मेदवार रानासँग ४ हजार ८ सय ८० मतान्तरले पराजित भएकी थिइन् । यसपटक पनि राणाले कैलाली–५ बाटै चुनाव लड्ने तयारी गरिरहँदा उनकाे एकल नाम सिफारिसकाे प्रयास थालिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्