समाचार

कैलाली-५ बाट पुस्करनाथ ओझा स्वतन्त्रबाट उठ्ने भएपछि फकाउँदै कांग्रेस

१५ भाद्र २०७९, बुधबार ०८:३३
कैलाली-५ बाट पुस्करनाथ ओझा स्वतन्त्रबाट उठ्ने भएपछि फकाउँदै कांग्रेस

१५ भदौ, कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट पुस्करनाथ ओझाले चुनावी लड्ने घोषणा गरेको छ ।  घोषणा गरेको भएपछि कांग्रेसले फकाउन सुरु गरेको छ ।

तर क्षेत्र नम्बर ५ नछाड्ने उनको अडान छ । ओझालाई फकाउन कैलाली कांग्रेस सभापति नारायणदत्त भट्ट र धनगढीका पूर्वमेयर नृपबहादुर वडलगायतका नेताहरूलाई भेट्न बुधबार बिहान ओझाको निवासमै पुगे । भेटमा उनले कैलाली–५ मा कांग्रेसबाट चुनाव लड्न चाहेको बताएका छन् ।

२०७४ को चुनावमा पनि ओझा दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु उम्मेदवार बनिन् । आफूले टिकट नपाएपछि ओझाले सहयोग गरेनन् । एमालेका नारदुमनी रानासँग पराजित भएपछि कांग्रेसले आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई पार्टीबाट निस्कासन गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्