मनोरञ्जन

आज पल शाहको मुद्दा सुनुवाइ हुँदै

१५ भाद्र २०७९, बुधबार ०८:१९
आज पल शाहको मुद्दा सुनुवाइ हुँदै

१५ भदौ, काठमाडौँ। नाबालिगलाई बलात्कारको आरोपमा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।

शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्