राजनीति

पूर्वमन्त्री तामाङ एकीकृत समाजवादी परित्याग गरि एमालेमा प्रवेश

१३ भाद्र २०७९, सोमबार १६:२८
पूर्वमन्त्री तामाङ एकीकृत समाजवादी परित्याग गरि एमालेमा प्रवेश

१३ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङले नेकपा एमालेमै फर्किने घोषणा गरेका छन् ।

एसका प्रदेशसभा सदस्य तामाङ एमालेमै फर्किने घोषणा गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका तामाङले २०७४ सालको चुनावमा जुन पार्टीको चुनाव चिन्ह्र लिएर लडेको, त्यहीअनुसार प्रस्तुत हुने घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम नगर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए । उनले आगामी दिनहरूमा संसदमा पनि जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए ।

मन्त्री बन्नकै लागि एमाले छोडेर नेकपा एकीकृत समाजवादी नरोजेको दाबी समेत उनको थियो । प्रदेशसभा सदस्य तामाङसहित नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्