राजनीति

एकीकृत समाजवादीबाट पाल्पा-२ मा सोमप्रसाद पाण्डे सिफारिस

१३ भाद्र २०७९, सोमबार १६:१५
एकीकृत समाजवादीबाट पाल्पा-२ मा सोमप्रसाद पाण्डे सिफारिस

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पाल्पाले सर्वसम्मतरुपमा पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सोमप्रसाद पाण्डेलाई सिफारिस गरेको छ।

उनलाई उम्मेदवारका लागि सिफारिस गरिएको जिल्ला कमिटी सदस्य एवं पाटी प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए । पाण्डे अहिले पनि पाल्पा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य छन् । सिफारिसमा परेका पाण्डे नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।

सिफारिसमा परेको उम्मेदवार पाण्डे एकीकृत समाजवादीका पोलिटिव्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन्। पाण्डेले २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नं २ मा एमालेबाट विजयी भएका थिए। २०६४ को संविधानसभा सदस्यमा उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए। उनी पाल्पा क्षेत्र-२ मा सत्ता गठबन्धनको तर्फबाट पनि बलियो दावेदार हुन्। यसद्यपि गठबन्धनको तर्फबाट भने उनी साझा उम्मेदवार बनिसकेका छैनन्।

पाल्पा क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसले पनि दावी गर्दै आएको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको दावी गर्दै नेपाली कांग्रेस पाल्पाको टोलीले पाटी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग  पनि छलफल गरिसकेको छ  ।

प्रतिक्रिया दिनुहोस्