राजनीति

एमाले एकजुट भएको सन्देश गयो : उपाध्यक्ष नेम्वाङ

१५ मंसिर २०७८, बुधबार १४:३८
एमाले एकजुट भएको सन्देश गयो : उपाध्यक्ष नेम्वाङ

काठमाडौं: नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताए ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने बताए ।

यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं ।” महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उहाँले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताए ।

निरङ्कुशताविरुद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उनको भनाइ थियो । एमालेलाई जनताको उत्तिकै समर्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उनले यसैका आधारमा अघि बढ्ने बताए ।

सन्तुष्टि सयमा सय कहिल्यांै हुदैन, तर समग्रमा म सन्तुष्ट छु ।” विधान महाधिवेशनका सन्दर्भमा पनि यिनीहरुले के गर्छन् ? सक्छन् की सक्दैनन् भन्ने प्रश्न उठेको भन्दै उनले हामीले सफल बनाएर देखाएको उल्लेख गरेका छन् ।  हाम्रो राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने थियो  ।

तर अहिले सफलता पूर्वक सम्पन्न भयो ।” निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रुपमा लिइने बताए  । पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्