राजनीति

माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा

१२ भाद्र २०७९, आईतवार ०६:२७
माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा चयन भएका छन्।

शनिबार काठमाडौँको कीर्तिपुरकोमा सम्पन्न सम्मेलनको उद्घाटन उर्जामन्त्री पम्फा भुसालले गरेकी थिइन्। अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनबीच भएको एकतापछि अध्यक्षमा थापाको निर्विरोध चयन भएका छन् ।

थापाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सह-अध्यक्षमा टेकराज डिसी, बरिष्ठ उपाध्यक्षमा ओमकुमारी कंडेल र महासचिवमा कृष्णकुमार खत्री चयन गरेको छ। यस्तै कोषाध्यक्षमा शेष सापकोटा चयन भएका छन् भने उपाध्यक्षमा एपोलोकुमार भगत, छटु चौधरी, कर्मा लामा, रुद्र शर्मा, ज्ञान प्रसाद पौडेल तारा रिजाल, करि सिंह भुल, डिल्लीराम श्रेष्ठ, अशोक भुजेल चयन भएका छन्।

यस्तै सचिवमा मेनुका दाहाल, जानुका मोक्तान, केशर थापा, खेम सापकोटा, लगायतका छन्।

प्रतिक्रिया दिनुहोस्