भिडियो

लोकेश गोरालको नयाँ गीत ‘मेरो सानु ‘ सार्वजनिक

११ भाद्र २०७९, शनिबार ०७:१७
लोकेश गोरालको नयाँ गीत ‘मेरो सानु ‘ सार्वजनिक

११ भदौ, काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायक तथा सर्जक हुन लोकेश गोराल(लाउरे)को नयाँ गीत ‘मेरो सानु’ बोलको गीत लोकेश गोराल(लाउरे)को अफिसियल  युट्युवमार्फत सार्वजनिक भएको छ ।

गीतमा उनीसंगै चर्चित बालगायिका पुजा देवकोटाको आवज रहेको छ । गीतमा गायक लाउरेले कै शब्द र संगीत रहेको छ । भिडियोमा जीत रावल,प्रियंका कुँवर र नबिन भट्टले अभिनय गरेका छन् भने भिडियोलाई रमेश बिजुली बि.सीले निर्देशन गरेका छन् ।

गीत माया र प्रेममा आधारित छ । भिडियोमा प्रेमीकालाई धेरै माया गरे पनि गरिबी र आर्थिक आवस्थामा कारण माया पनि पाउन नसकेको । पैसामा र आर्थिक प्रलोभनमा प्रेमिका पनि प्रेमीलाई छाडेर अर्कै संग गएको भिडियोमा देखिएको छ । भिडियो धेरै राम्रो बनेको छ । अलि सम्पादनमा कम्जोर देखिए पनि गीत संगीतले गर्दा गीत समंग्रहमा राम्रो बनेको छ ।

उनी पछिल्लो समय लोकदोहोरी, देउडा र कबितामा जमेका गायक हुन् । कर्णालीमा जन्मेका गायक लाउरे देउडा र लोकदोहोरीसहित पप र र्यापमा पनि उतिकै अबल रहेका छन् ।

“हुने बिरुवाको चिल्लो पात भने झैँ ” सानैदेखि पढाई भन्दा गीत संगीतमा रमाउने लाउरे अहिले विदेशमा रहेका का छन् । आर्थिकका कारण नेपालमा आफ्नो सपना पुरा नगरेका लाउरे हाल विदेशमा रहेर आफ्नो सपना र रहर पुरा गरेका छन् ।

गायक भन्छन गीत राम्रो बनेको छ । अहिलेका युवाहरुको माया प्रेममा रहेर गीत प्रस्तुत गरिएको छ । अहिले माया प्रेम भन्दा पैसा र स्वार्थमा बिक्नेमा भिडियो बनाएको गायक लाउरेले बताएका छन् ।

साथै, आफु संसारको जुनसुकै कुनामा भए पनि नेपाली गीत संगीतको लागि सधै कलम चलाई रहने छु । गीत राम्रो बनाउने प्रयास गरेको छ । हेरर प्रतिक्रिया दिनु होला । आउने गीतमा सुधार्ने प्रयास गर्ने छु।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्