समाचार

राहदानी विभागको ‘बेसमेन्ट’लाई महानगरले गरायो खाली

१० भाद्र २०७९, शुक्रबार ०९:१७
राहदानी विभागको ‘बेसमेन्ट’लाई महानगरले गरायो खाली

१० भदौ, काठमाडौं । राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलेको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो ।

 नक्सामा ‘बेसमेन्ट’ उल्लेख गरिएको भवनको भुइँ तलामा विभागले सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाएको थियो ।  बेसमेन्टमा सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाइएपछि पार्किङ गर्न असहज भएको थियो । सेवाग्राहीले बाटैमा सवारीसाधन पार्किङ गर्ने गरेका थिए । सेवाग्राहीको सवारी साधनले त्यस क्षेत्रको  ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको थियो ।

अवरोधका बावजुद मेयर शाहले केही दिनदेखि नै यस्ता संरचना भत्काउने क्रम जारी राखेका छन् । अधिकांश स्थानमा मेयर शाह आफैं उपस्थित भएर निर्देश दिने गरेका छन् । यद्यपि शनिबारदेखि यस्ता संरचना भत्काउने काममा मेयर शाह नगएर महानगरपालिकाको टोली मात्रै जाने छ बताइएको छ।

‘यसअघि पनि मेयरसाहाबले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो,’ महानगरका एक अधिकारीले भने,’तर विभागले सेवाग्राहीको भिडको कारण देखाएर मानेको थिएन ।’ विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपलिका वा नगरपलिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्