समाचार

मेयर बालेन शाह र अल्फाका सञ्चालकबीच चर्काचर्की

९ भाद्र २०७९, बिहीबार ०७:१९
मेयर बालेन शाह र अल्फाका सञ्चालकबीच चर्काचर्की

९ भदौ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र अल्फा फार्मेसीका सञ्चालकबीच चर्काचर्की भएकाे छ।

बिहीबार अनुमति बीना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा नयाँ बानेश्वरस्थित अल्फाबेटा पुगेका थिए। अवैध संरचनाहरु हटाउँदै हिँडेका मेयर बालेन नयाँबानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सका प्रतिनिधिबीच विवाद भएको छ ।

स्वीकृति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका संरचनाहरू हटाउने अभियान चलाइरहेका बालेन र अल्फाबेटाका प्रतिनिधिबीच बिहीवार विवाद भएको हो ।

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ। पार्किङ भने सडक पेटीमा हुने गरेको छ। नक्सामा नभएकाे जग्गामा फार्मेसीले पार्किङ बनाएकाे र समयमै हटाउन भन्दै महानगर पत्र काट्दासमेत नहटाइएकाे भन्दै महानगरका मेयर शाह आक्राेशित भएका हुन्।  त्यसक्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको भन्दै पन्छिन खोजे। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की पर्‍यो।

मेयर शाहले प्रमुख शर्मासँग झोँक्किँदै भने, ‘तपाईको घरको नक्शा मसँग हुनुपर्छ। यहाँ यत्रो नोटिस दिएको छ। के हो यो? ३५ दिनभित्र खाली गर, भनेर नोटिस दिएको होइनन? तपाईंको घरको नक्सा म सँग हुन्छ?’

यता फार्मेसी सञ्चालकले भने बालेनले आफूमाथि रिस पाेखेकाे भन्दै त्यसकाे प्रतिवाद गरेका छन्। साथै उनले महानगर नक्सा र वकिलसहित आएर कानुन बमाेजिम अगाडि बढ्न तयार भएकाे बताउँछन्।

आफू सम्मानित व्यवसायी भएकाे र बालेनले दुर्व्यवहार गरेकाे उनकाे भनाइ छ। उनले भनेका छन्,’मेराे पनि लाखाैँ लगानी छ, कर तिरेकाे छु। गलत भएकाे भए कानुन बमाेजिम म भाेग्न तयार छु। आइ एम भेरी रेस्पेक्टेड बिजनेस पिपुल, दिस इज नट गुड।’

प्रतिक्रिया दिनुहोस्