समाचार

राष्ट्रपतिद्वारा सुरक्षा अधिकारीहरुसँग भेट

८ भाद्र २०७९, बुधबार १६:२२
राष्ट्रपतिद्वारा सुरक्षा अधिकारीहरुसँग भेट

८ भदौ कालिकोट । राष्ट्रपति विद्यादेवी भण्डरीले सुरक्षा अधिकारीहरुसँग भेट गरेकी छन्।

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले लामो समयदेखि सेनासँग निकट रहेर काम गरेको र कार्यकाल पनि सकिन लागेकोले सुरक्षा निकायका अधिकारीसँग भेटघाट गरेको स्रोतले बतायो ।

शीतल निवासका एक अधिकारीले राष्ट्रपतिले सैनिक अधिकारीसँग नियमित र पुराना चिनजान भएकाहरूसँग सामान्य भलाकुसारी गरेको भनेर प्रतिक्रिया दिएको छ । तर, बुधबार राष्ट्रपतिले वर्तमान सेनापतिदेखि केही पूर्व सेनापतिहरुसमेत छलफल गरेकी हुन् । छलफलमा सहभागी हुनेमा प्रधानसेनापति प्रभुराम शर्मासहित पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा र प्यारजंग थापा समेत छन् । राष्ट्रपति र सैनिक अधिकारीहरुबीच भएको छलफलको विषय प्रष्ट नभएपनि नागरिकता विधेयककै विषयमा लक्षित भएको बताइएको छ ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तिव्रता दिएकी छन् । भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्