राजनीति

सांसद गिरिको निधनप्रति प्रतिनिधिसभा र राष्ट्रियसभामा शोक प्रस्ताव पारित

६ भाद्र २०७९, सोमबार ०८:४७
सांसद गिरिको निधनप्रति प्रतिनिधिसभा र राष्ट्रियसभामा शोक प्रस्ताव पारित

६ भदौ, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तक समेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

प्रतिनिधिसभाको आगामी बैठक मंगलबार १० बजेका लागि बोलाइएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । र राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।

गिरिको शनिवार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरि नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनी विक्रम संवत २०६२-६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ साल र २०७० सालमा संविधानसभा सदस्य समेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्