समाचार

जनताको अधिकार र हक विपरीत कहिल्यै निर्यण नगर्ने- मेयर कमल बहादुर शाही

५ भाद्र २०७९, आईतवार ०९:००
जनताको अधिकार र हक विपरीत कहिल्यै निर्यण नगर्ने- मेयर कमल बहादुर शाही

५ भदौ कालिकोट । आफ्नो ब्यक्तिगत स्वार्थको लागि जनताको अधिकार र हक विपरीत कहिल्यै पछि नहट्ने खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले बताएका छन् ।

जनताले आफुलाई नगर र जिल्लाको सुशासन, विकास र समृद्धि लागि आफुलाई पाँच बर्षको लागि विश्वास गरेर नगरको जिम्मेवारी दिएका छन् । त्यो विश्वास कदाफी टुट्न दिने छैन । दलिय स्वर्थ र आसेपासे नाताबाद र कृपाबाद भन्दा पर रहि नगरको विकास गर्ने नगर प्रमुख शाहीले बताए ।

कालिकोट चरम भ्रस्टाचार हुने जिल्ला हो । भ्रष्टाचारको रोकथामको लागि नगरपालिका खबरदारी रहेर काम पर्छ । नगरपालिकाले अनुगमनमा छुटाएको बजेटमा पनि भ्रस्टाचार देखिन् थाले पछि । नगरपालिकाले अनुगमनको नगर्ने वा जानैपर्ने भो भने पनि नगरपालिकाको सिफारिस , खटाए र तोकिएको ब्यक्ति मात्र अनुगमन गर्ने पाउने व्यवस्था गरिएको छ ।

स्वस्थ्यमा समस्या देखिए पछि मेयर शाही अहिले काठमाडौं मोडेल हस्पिटलमा आफ्नो उपचार गराइ रहेका छन । स्वस्थ्य उपचारको लागि काठमाडौं आएका मेयर जनता र नगरपालिकाको विकासको लागि स्वस्थ्यमा समस्या देखिँदा देखिदै पनि मन्त्रीहरूसंग भेट्घाट कार्यक्रम गरिरहेका छन । मेयर शाहीले नगरपालिकाको आफ्नै भवन, सदरमुकाममा ढल निकास, सडकको लागि पहल गरिरहेका छन ।

त्यस मध्य भदौं १ गने नगरपालिकाले आफ्नै भवनसमेत बनाउने निर्यण गरेको छ। २१ करोडको लागतमा नगरपालिकाको भवन बने मेयर शाही र नगर विकास कोषका कार्यकारी निर्दशक कृष्ण प्रसाद सापकोटाबीच हस्ताक्षर गरेर सम्झौता भएको छ ।

चुनावको बेला भाइरल मेयर चुनाव जितेपछि कता हराए ? कता  लुकेर बसेका छन् ? बाँकी नेता जस्तै शाही पनि भए कि ? भने जनताले ,मेयरलाई प्रश्न गर्न थालेका छन् । माफ गर्नु होला मेरो स्वास्थ्यमा समस्या देखिदा केहि दिन घरमा र अहिले नगरपालिका बाहिर छु । तर हराए पनि म सधै जनताको विकास समृद्धि र जनताकै आधारभूत आवश्यकता लाई परिपुर्तिको आफु जिल्ला बाहिर रहेर पनि अहोरात्र खटिएको मेयर शाहीले बताए । साथै ११ वडाकै आफ्नै भवनसमेत आफ्नै कार्यकालमा पुरा हुनेसमेत प्रतिबद्धता गरेका छन् ।

नगरपालिकाको माटो हुँदाहुँदै पनि नगरपालिका बर्षिक ५० लाख घरभाडामात्र तिर्नु पर्ने । नगरपालिकाको नाम आएको बजेठ घरभाडा तिर्नमै ठिक्क हुने  । यसले गर्दा नगरपालिकाले नयाँ नयाँ प्रबिधि, विकास, स्वास्थ्य. शिक्षा, सडक, विधुतमा पनि गति लिन नसकेको मेयर शाहले बताए ।

साथै स्वस्थ्य, शिक्षा, खानेपानी, सडक र रास्ट्रिय प्रसारण लाइनमार्फत विद्युत नगरपालिका भरि पुराउने मेयर शाहीले बताएका छन ।अहिले नगरपालिकामा देखिएको प्रमुख समस्य भनेको करार कर्मचारी हटाउनु पर्छ भनेर छ । तर यसमा मेरो सहमति भने छैन । बरु कारार कर्मचारी हटाउनु भन्दा नगरपालिकामा नयाँ कामको सिर्जना गराउने आफ्नो उद्देश रहेको मेयरले बताए । आफु सत्तामा आए भन्दैमा गरिब जनताको भातको गाँस खोस्ने मेरो कुनै अधिकारसमेत नरहेको मेयर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्