राजनीति

को-को बने मओवादी पदाधिकारी ? (सूचीसहित)

४ भाद्र २०७९, शनिबार १५:१९
को-को बने मओवादी पदाधिकारी ? (सूचीसहित)

४ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंग्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो ।

शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै प्रचण्डले बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित छ ।

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहेका छन् ।

​सबै नेताहरू बैठक कक्षबाट आ–आफ्नो निवासतिर लागे पनि महासचिव देव गुरुङ बैठक कक्षमै केही ढिलासम्म रहे । सो क्रममा उपस्थित एकाध विद्यार्थी, मजदुर र युवा नेताहरूले गुरुङलाई खादा माला लगाए । त्यसपछि सबै जसो सञ्चारकर्मी, नेता, कार्यकर्ताहरू लाखापाखा लागेपछि मात्रै महासचिव गुरुङ पेरिसडाँडाबाट निस्किए ।

यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीर कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्