मनोरञ्जन

चर्चित युवा गायक लोकेश गोराल (लाउरे)को नयाँ गित ‘मेरो सानु’ दर्शकमाझ ल्याएर आउदै

३ भाद्र २०७९, शुक्रबार ०८:५२
चर्चित युवा गायक लोकेश गोराल (लाउरे)को नयाँ गित ‘मेरो सानु’ दर्शकमाझ ल्याएर आउदै

३ भदौ, काठमाडौं । पछिल्लो समय निकै चर्चामा कमाउन सफल गायिका पुजा देवकोटा र चर्चित युवा गायक तथा सर्जक लोकेश गोराल (लाउरे)को आवाजमा रहेको नयाँ गित “मेरो सानु’ दर्शकमाझ ल्याएर आउदौ छन ।

युवा गायक तथा सर्जक गोरालको शब्द र स्वरमा रहेको “मेरि सानू” बोलको गीत यहि हप्ता बजारमा ल्याएर आउदै छन् । उनी हाल वैदेशिक रोजगारीक सिलसिलामा दुबैमा रहेका छन । आफु विदेशमा रहे पनि तन र मन नेपालमै रहेको बताएका छन् ।

ब्यस्तको बाबजुद पनि आफु गीत संगीतकै भुमरी मै हुन्छ । अलि समय मिलो भने गीत लेख्ने र नेपाली गीत गुनगुना रहने गर्छु । सनै देखि गायक बन्ने रहर भएको तर समय र आर्थिकले साथ नदिएको हाल अहिले बिदेशमा रहेर पनि आफ्नो इच्छा पूरा गरेको गोराल बताए ।

आफुले हाल सम्म दुई गीतमा आफ्नो स्वर र शब्द रहेको छ भने ३ गीतमा आफु सर्जकको भएर आफुले गीत बजारमा ल्याएको बताएका छन् ।

गोरालको घर कर्णाली प्रदेश कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा ६ मा रहेको छ । निम्न वर्ग परिवारमा हुर्केका लाउरे आफ्नो पढाई सहि नगरपालिकाको दाहाबाट एस.एल.सी दिएका थिए । आफ्ना धेरै सपानाको बलिदान दिदै आफ्नो र घर परिवारको जीवन परिवर्तन गर्नको लागि नै उनी विदेशीएका थिए ।

प्रतिक्रिया दिनुहोस्