राजनीति

नागरिकता विधेयक फेरि संसदमा पेश, राष्ट्रपति कार्यालय पठाउने सत्ता गठबन्धनको निर्णय

३१ श्रावण २०७९, मंगलवार ०८:०९
नागरिकता विधेयक फेरि संसदमा पेश,  राष्ट्रपति कार्यालय पठाउने सत्ता गठबन्धनको निर्णय

३१ साउन, काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ।

संसद्ले साउन १५ मा पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा १५ बुँदे सुझावसहित पुन: विचारका लागि फिर्ता पठाएकी थिइन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बसेको गठबन्धनको बैठकले संसदीय प्रकृया पूरा गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको बताए।  राष्ट्रपति भण्डारीले आइतबार १५ बुँदै सन्देशसहित पुनरविचार गर्न संसदमा विधेयक फिर्ता गरेकी थिइन्।

‘सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकबारे वृहत छलफल गरेर, सबैको सुझावमा विधेयक अघि बढाउने सहमति भएको छ। यसबारे कानूनमन्त्रीले सबैसँग छलफल गरिरहनुभएको छ,’ सरकारका प्रवक्ता कार्कीले भने।

प्रतिक्रिया दिनुहोस्