राजनीति

गाउँपालिकाको गाडी चोरीको आरोप पूर्व चालक पक्राउ

३० श्रावण २०७९, सोमबार ०७:४७
गाउँपालिकाको गाडी चोरीको आरोप पूर्व चालक पक्राउ

३० साउन, कालिकोट । पलांता गाउँपालिकाको गाडी चोरीको आरोप पूर्व चालक बम पक्राउ परेका छन् । सही गाउँपालिका वडा ९ का दिपेन्द्र बमलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।

कर्णाली प्रदेश ०२,००१ झा ०१४२ नम्बर प्लेटको बोलेरो पूर्व चालक बमले सुर्खेतमा पार्किङ गरेको गाडी बमले चोरेको आरोपमा उनलाई प्रहरिले नियन्त्रणमा लिएको छ।

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकायाका अनुसार शनिबार सांझा पार्किङ गरेको बोलेरोलाई बमले चोरेको बताएका छन् । साथै चालक मुकेश बमका अनुसार आफुलाई एक चाबी दिए पनि अर्को चाबी उ संगै रहेको कारण पार्किङ गरेको गाडी दिपेन्द्रले चोरेको चालक बमले बताए।

आफुले काम गरेको पारिश्रमिक नपाए पछि आफुले गाडी नियन्त्रण लिएको पूर्व चालक दिपेन्द्र बमले बताएका छन् ।

अध्यक्षका अनुसार संचालन आएको ४ वर्ष हुँदा पनि गाडीबाट गाउँपालिकामा केहि आम्दानी नआएको तर गाडी मर्मत तेल अनेकौं बहाना गरेर गाउँपालिकाबाट रकम लिएको अध्यक्ष रोकायाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्