समाचार

नागरिकता विधेयक फिर्ता पठाइएको विरोधमा चक्काजाम

३० श्रावण २०७९, सोमबार ०७:००
नागरिकता विधेयक फिर्ता पठाइएको विरोधमा चक्काजाम

३० साउन , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा चक्काजाम गरिएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले राजमार्गमा करिब आधा घण्टा चक्काजाम गरेको हो ।

यसैको विरोधमा कांग्रेसका कार्यकर्ताहरुले ढल्केवरमा चक्काजाम गरेका हुन् । उनीहरुले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर, संविधानका धारा लागू गर लगायतका नाराहरु लगाउँदै आधा घण्टा चक्काजाम गरेका हुन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने पनि उनीहरुले माग गरेका छन् ।

प्रदर्शको क्रममा नागरिकता पीडितहरुको सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । बन्दकर्ताहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्