समाचार

मन्त्री स्वयं माइक्रोमा कोचिएर यात्रा गरेपछि..

१५ मंसिर २०७८, बुधबार १०:४०
मन्त्री स्वयं माइक्रोमा कोचिएर यात्रा गरेपछि..

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् ।

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्