समाचार

चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार

२८ श्रावण २०७९, शनिबार ०१:२९
चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार

२८ साउन, एजेन्सी। चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ। अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो।

आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । रुस्दीका एजेन्टलाई उद्द्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले आक्रमणबाट रुस्दीको कलेजोमा गहिरो चोट लागेको बताएको छ ।

एजेन्ट एन्ड्य्रू वाइलले भनेका छन्, ‘खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन् । पाखुरामा पनि गहिरो चोट लागेको छ । कलेजोमा पनि चोट लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्