राजनीति

प्रचण्ड चितवनबाट चुनावमा लड्ने

२५ श्रावण २०७९, बुधबार ०६:५८
प्रचण्ड चितवनबाट चुनावमा लड्ने

२५ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी दोस्रो दल बन्ने दाबी गरिरहेका छन् ।

जापानमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा दाहालले भनेका थिए,‘म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला।

देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने सम्भावना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु, म अपिल गर्छु की जापानमा रहेका साथीहरूले पनि सहयोग गर्नुहोस्।’

कांग्रेससहितका पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी आगामी निर्वाचनमा निर्णायक शक्तिको रुपमा उभिने बताउँदै आएका छन् । यो सँगै उनी निर्वाचनपछिको सरकारको प्रधानमन्त्रीको रुपमा पनि प्रस्तुत भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्