समाचार

जुत्ता कारखानामा भीषण आगलागी

२५ श्रावण २०७९, बुधबार ०६:३४
जुत्ता कारखानामा भीषण आगलागी

२५ साउन, काठमाडौं । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो ।

बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताए ।

प्रवक्ता मैनालीका अनुसार अहिले प्रहरी,दमकल र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।  प्रहरीका अनुसार आगलागाीको कारण खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्