समाचार

एमालेले विभिन्न पार्टी कमिटीको बैठक बोलाउने

२५ श्रावण २०७९, बुधबार ०६:२६
एमालेले विभिन्न पार्टी कमिटीको बैठक बोलाउने

२५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ ।

पार्टीले केन्द्रीय सचिवालय, स्थायी कमिटि, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटि बैठक बोलाउने तयारी गरेको स्रोले जनाएको छ । सबै कमिटिको बैठक आगामी भदौ १५ गतेभित्र बस्ने जनाइएको छ । यद्यपि बैठकको मिति भने तोकिएको छैन् ।

‘सुरुमा केन्द्रीय कार्यालयको बैठक बस्छ । केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठक बोलाउँछ । सचिवालयले स्थायी कमिटी, स्थायी कमिटीले पोलिटब्युरो र पोलिटब्युरोले केन्द्रीय कमिटी बैठक बोलाएर निर्वाचन लक्षित कार्यक्रम र कार्ययोजना तय गरिन्छ’, एमालेका एक पदाधिकारीले भने, ‘सम्भवतः बुधबार बेलुका केन्द्रीय कार्यालयको बैठक बसेर बिहीबारलाई सचिवालय बैठक तय गर्छ । त्यसपछि लगातार बैठकको मिति तय गरिन्छ ।’ एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्