२५ साउन, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ।
बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।
बैठकका लागि नेताहरू पार्टी कार्यालय सानेपा आउने क्रम जारी छ। आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो।
काँग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । एक सय ६५ मध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो काँग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताउँदै आएका छन् ।