राजनीति

मन्त्रिपरिषद्को निर्णय : दुई अध्यादेश जारी गर्ने

२५ श्रावण २०७९, बुधबार ०६:०४
मन्त्रिपरिषद्को निर्णय : दुई अध्यादेश जारी गर्ने

२५ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले पुनः दुई अध्यादेश जारी गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति तोकिएसँगै काम चलाउ भएको प्रदेश सरकारको आज दिउँसो बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले पुनः दुई अध्यादेश ल्याउने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारले यसअघि जारी गरेको सङ्घीयता कार्यान्वयनका क्रममा महत्वपूर्ण मानिएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।

सरकारले यसअघि प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशलाई समेत प्रतिस्थापन विधेयक ल्याएर पारित गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्