जीवनशैली

बिहान उठ्ने बित्तिकै यस्ता चिज देखे हुन्छ शुभ?

१५ मंसिर २०७८, बुधबार ०२:२०
बिहान उठ्ने बित्तिकै यस्ता चिज देखे हुन्छ शुभ?

काठमाडौं: भनिन्छ दिनको संकेत विहानले देखाउँछ । त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ । दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ । विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।

आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ।

सूर्यलाई जल चढाउनु: शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ। स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ।

गाईलाई रोटी ख्वाउनुहोस् : सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

योग एवं ध्यान गर्नुहोस्:  लामो समय सम्म स्वस्थ रहन र शरीरलाई पूmर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो। योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ। मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

घरको मन्दिरमा पूजा गर्नुहोस्: हरेक दिन बिहान घरमा आपूmले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वाताव

तुलसीमा जल चढाउनु दिनहुँ: बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्