सुरुमा ४ दिनसम्म बिदा दिइएको र त्यसपछिका तीन दिन सार्वजनिक बिदा भएकाले एक सातासम्म विद्यालय बन्द रहनेछ। आगामी आइतबारबाट विद्यालय नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
२३ साउन, तेह्रथुम । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।
अधिकांश शिक्षकसहित विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि २ निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङले जानकारी दिए।
गाउँपालिका क्षेत्रभित्रका अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षा शाखाको सिफारिसमा गाउँपालिकाले विद्यालय बन्द गराएको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमले बताए । विद्यालय बन्द भएपछि २३ विद्यालयका करिब २ हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् ।
सुरुमा ४ दिनसम्म बिदा दिइएको र त्यसपछिका तीन दिन सार्वजनिक बिदा भएकाले एक सातासम्म विद्यालय बन्द रहनेछ। आगामी आइतबारबाट विद्यालय नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।