समाचार

गठबन्धन सरकारले भारतसंग दोहोरो संबाद गर्ने क्षमता छैन : ओली

२३ श्रावण २०७९, सोमबार १५:१५
गठबन्धन सरकारले भारतसंग दोहोरो संबाद गर्ने क्षमता छैन : ओली

२३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसंग छिमेकी मुलुक भारत संग दोहोरो संबाद गर्ने क्षमता नभएको बताएका छन् ।

सोमबार रौतहटको गौरमा आयोजित बृहत पार्टी प्रवेश तथा आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेका अध्यक्ष ओलीले तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउदा आफूले भारतीय प्रधानमन्त्री संग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको आरोप लगाए ।

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भू भाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिए तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्