समाचार

जगदीप धनखड बने भारतको उपराष्ट्रपति

२२ श्रावण २०७९, आईतवार ०३:०९
जगदीप धनखड बने भारतको उपराष्ट्रपति

२२ साउन, काठमाडौं। भारतको उपराष्ट्रपति पदमा जगदीव धनखड़ निर्वाचित भएका छन्। शनिवार भएको उपराष्ट्रपति पदको निर्वाचनमा उनले विपक्षी दलको तर्फबाट उम्मेदवार बनेकी मार्गरेट अल्वालाई पराजित गरेका हुन्।

उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

धनखडले कूल खसेको मतमा ५ सय २८ प्राप्त गरे।  उनका विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए।

जगदीप यसअघि पश्चिम बंगालका राज्यपाल थिए। त्यसक्रममा मुख्यमन्त्री ममता बेनर्जीसँगको बिग्रिएको सम्बन्धका कारण उनी चर्चामा आएकका थिए। ममताले जगदीपलाई राज्यपालबाट हटाउनुपर्ने माग समेत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्