समाचार

बम बिस्फोट हुँदा ८ को मृत्यु, २२ घाइते

२२ श्रावण २०७९, आईतवार ०२:५५
बम बिस्फोट हुँदा ८ को मृत्यु, २२ घाइते

२२ साउन, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन्।

अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो। सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ।

अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ। गत बुधबारदेखि काबुलमा आतंककारी हमला हुँदै आएकाे छ। याे तेस्राे हमला हाे।

प्रतिक्रिया दिनुहोस्