समाचार

चुनावका लागि निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान

२२ श्रावण २०७९, आईतवार ०२:३७
चुनावका लागि निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान

२२ साउन, काठमाडौं। निर्वाचन आयोग नेपालले आगामी मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।

आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।

मंसिर ४ गते आइतवारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा साउन १० गतेसम्म दर्ता कायम भएका दललाई दर्ता हुन आह्वान गरिएको छ ।

सो दिनभित्र कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको आयोगले जनाएको छ। निवेदनको ढाँचा आयोगको वेब–साइट बाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्