२१ साउन, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन् ।
राष्ट्रिय जन सांस्कृतिक महासंघले शनिवार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मूलक श्रीलंकाको बाटोमा जाने बताएका हुन् ।
मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्णरुपमा असफल भएको उनले बताए। यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको विकास सम्भव नरहेको उनले भनाइ छ।
महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चूनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे । उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गरे । पोखरेलले समाजलाई बाटो देखाउने सामथ्र्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए ।