समाचार

सरकार र नेकपाबीचको ३ बुँदे सहमति कार्यान्वयनकाे माग गर्दै प्रदर्शन

२१ श्रावण २०७९, शनिबार ११:४४
सरकार र नेकपाबीचको ३ बुँदे सहमति कार्यान्वयनकाे माग गर्दै प्रदर्शन

२१ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) सँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै साेही पार्टीलगायत साना कम्युनिस्ट पार्टीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरूमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । त्यस्तै उनीहरूले एमसीसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।

त्यस्तै उनीहरुले एमसीसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्