राजनीति

नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको छौटौं बैठक सम्पन्न, ९ जना केन्द्रिय सदस्य मनोनयन

२० श्रावण २०७९, शुक्रबार १६:१५
नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको छौटौं बैठक सम्पन्न, ९ जना केन्द्रिय सदस्य मनोनयन

२० साउन, काठमाडौं । माओवाद निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको छौटौं बैठक सम्पन्न भएको छ ।

अध्यक्ष शिव प्रसाद भट्टराईको अध्यक्षतामा संगठन बिस्तार सम्बन्धमा, बिधान बिस्तार सम्बन्धमा र संगठन छडेका पदाधिकारी र सदस्य सम्बन्धमा अध्यक्षले बैठकमा छलफल गरेका थिए । बैठकमा ९ जना केन्द्रिय सदस्य मनोनयन भएका छन । नयाँ पदाधिकारी र संगठन बिस्तार लगायत समसामयिक बिषयमा छलफल गरिएको थियो ।

अध्यक्ष भट्टराईले संगठन छडेर गरेका पदाधिकारीले संगठनको जुन किसिमको अपमान र लापरवाही गरे , संगठनमा रहेर आफ्नो मनपरी गर्ने नातावाद कृपावाद गरेर संगठनको दुरुपयोग गर्नेलाई संगठनबाट निष्कासन गर्ने समेत चेतावनी दिएका छन् ।  सथै संगठनलाई पुर्णनिस्टाका साथा रहेर सबै पदाधिकारीलाई काम गर्न आग्रह गरेका छन ।

आजको बैठकमा ९ वटा एजेन्डामाथी छलफल गरिएको छ । 

१. संगठन बिस्तार सम्बन्धमा
२.विधान संगठन सम्बन्धमा
३.साधारण सभाको मिति, ठाँउ र समय गर्ने सम्बन्धमा
४. संगठन छडेका पदाधिकारी र सदस्य सम्बन्धमा ( उप- महासचिवको राजीनामा सम्बन्धमा )
५. सार्वजनिक खरिद ऐन तथा नियामवली सम्बन्धमा
६. आर्थिक सम्बन्धम र
७. विविध ७ वटा एजेन्डामा छलफल गरिएको छ । सबै सर्व सहमतिका साथ पारित भएको छ ।

सथै बैठकमा ९ जना पदाधिकारीलाई मनोनयन गरिएको जसमा गणेश प्रसाद आचार्य कालिकोट जिल्ला, कर्णाली प्रदेश, वबिता कटुवाल संखुवासभा जिल्ला, प्रदेश १, छिरिङ भोटे शेर्पा ताप्लेजुङ जिल्ला, प्रदेश १, होम नाथ दाहाल चितवन जिल्ला , बागमती प्रदेश, राम पौडेल काठमाडौं जिल्ला, बागमती प्रदेश, विजय शाह बर्दिया जिल्ला, लुम्बिनी प्रदेश , नवीन बोहरा जिल्ला बैतडी सुदूरपश्चिममा प्रदेश, दिल बहादुर रावल अछाम जिल्ला सुदूरपश्चिममा गरि ९ जना पदाधिकारीलाई अध्यक्ष भट्टराईले मनोनयन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्