राजनीति

यस पटककाे चुनाव त लड्नै पर्छ, ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : अध्यक्ष नेपाल

१९ श्रावण २०७९, बिहीबार १३:१९
यस पटककाे चुनाव त लड्नै पर्छ, ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : अध्यक्ष नेपाल

१९ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो संकेत गरेका हुन् ।

सञ्चारकर्मीले समय मागिरहे पनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताउँदै अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे । सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै उनले यसपटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गरे । उनले शुक्रबार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताए । उनले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी उक ठाउँमा हुनुपर्ने आवश्यक्ता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्