समाचार

चुनावको मिति तय भएकोमा प्रसन्नता : उपाध्यक्ष नेम्वाङ

१९ श्रावण २०७९, बिहीबार १३:११
चुनावको मिति तय भएकोमा प्रसन्नता : उपाध्यक्ष नेम्वाङ

१९ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन्।

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । ‘आजदेखि सरकार कमचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ उनले भने ।

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गएको पालिका चुनावमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उनले उल्लेख गरेका छन् । ‘हामीले समयमै चुनाव घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा चुनाव सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ ।

अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनले वजेट निर्माणका क्रममा उठेका प्रश्नको उत्तर दिनुको साटो झन् धेरै प्रश्न जन्माएको नेम्वाङले बताए । चुनावमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ’, उपाध्यक्ष नेम्वाङले भने । पार्टीले चुनावको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उहाँले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्