समाचार

४ मंसिरमा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

१९ श्रावण २०७९, बिहीबार १२:५८
४ मंसिरमा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

१९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

‘आयोगले मंसिर २ का लागि निर्वाचन मिति घोषणा गर्न सिफारिस गरेको थियो। त्यो दिन शुक्रबार पर्छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘शुक्रबार निर्वाचनको मिति घोषणा गर्दा मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले आइतबार (मंसिर ४) का लागि मिति तोक्ने दलहरुबीचमा सहमति भएको हो।’

प्रतिक्रिया दिनुहोस्